Kathmandu Press

एमालेविरुद्धको घेराबन्दी र षड्यन्त्र चिरेर विजय सुनिश्चित गर्छाैँ : ओली  

शुक्रबारबाट ललितपुरको च्यासलस्थीत पार्टी कार्यालय सुरु एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अस्तित्व नै मेटाउछौ भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर बिजयको सुनिश्चित गर्दै अघि बढ्ने दावी गरे।
एमालेविरुद्धको घेराबन्दी र षड्यन्त्र चिरेर विजय सुनिश्चित गर्छाैँ : ओली  

काठमाडौं, भदौ १० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्ने बताएका छन्। 

शुक्रबारबाट ललितपुरको च्यासलस्थीत पार्टी कार्यालय सुरु एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अस्तित्व नै मेटाउछौ भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर बिजयको सुनिश्चित गर्दै अघि बढ्ने दावी गरे।

मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने उहाले बताउनुभयो । यसका लागि सरकारसंग वार्ता र कुराकानी तथा दवाव र निर्वाचनसंग सम्बन्धीत निकायसंग छलफल गर्ने उनको भनाई छ । अध्यक्ष ओलीले एमालेले गरेका काम र आगामी योजनाहरुका साथै देशलाई समृद्ध र सुखी नेपाली बनाउनका लागि प्रतिवद्ध भएर जनतामाझ जानुपर्ने धारणा राखे।  उनले एमाले, देश र लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने गरि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए। 

बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थीति, राष्ट्रिय राजनीतिक, संगठानिक बिषय लगाएतका बिषय समेटेर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली लगाएतका बिषय टुङ्गो लगाउने एमालेले जनाएको छ । एमाले केन्द्रीय कमिटी बैठक दुइ दिनसम्म चल्ने छ ।

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्