स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट : नेता कोइराला
काठमाडौं, भदौ १० : नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन्। आज...
काठमाडौं, भदौ १० : नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताए।
उनले भने, ‘स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।’ कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उहाँको थियो । गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो।
अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले गठबन्धनका दल सहमतिमा आउने बताए।
निर्वाचनमा कांग्रेस होमिएको भन्दै उहाँले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरे।
प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786442675.jpeg)










