कर्णालीका दुई मन्त्रीलाई माओवादीले फिर्ता बोलायो, नयाँ मन्त्री पठाउने तयारी
काठमाडौं, भदौ १० : नेकपा माअोवादी केन्द्रले कर्णाली प्रदेशका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जलस्रोतमन्त्री...
काठमाडौं, भदौ १० : नेकपा माअोवादी केन्द्रले कर्णाली प्रदेशका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जलस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्।
सरकारमा सहभागी मन्त्री हेरफेरका लागि बहालमा रहेका मन्त्रीलाई फिर्ता बोलाइएको हो । माओवादीले अब कृष्ण शाह र रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ ।
शाह जाजरकोट र कामी रुकुम पश्चिमका सांसद हुन् । कर्णाली प्रदेश अध्यक्ष केसीले दुई जनाको नाम मन्त्रीका लागि सिफारिस गरिएको र केही दिनमै नियुक्त हुने बताइन् ।
कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका ११ सांसद छन् ।
प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786442675.jpeg)










