कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ : नेता सिंह
काठमाडौं, भदौ ९ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने बताएका छन्। नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७औँ स्मृति...
काठमाडौं, भदौ ९ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने बताएका छन्।
नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा आज आयोजित माल्यार्पण कार्यक्रममा उनले भने, ‘हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा भएको विगत साक्षी छ, आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेको छ, कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष हुन्छ भन्ने आम मान्यता रहँदै आएको छ।’
मुलुकमा निर्वाचनको माहोल सुरु भइसकेको उनले बताए। अहिलेको सरकार बन्नुअघिको सरकारले ऐन कानुन नबनाइदिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनुपर्ने परिस्थिति बनेको उनले धारणा राखे। उनले अब निर्वाचनपछि यी सबै समस्याको समाधान हुने बताए।
उनले मुलुकमा राजनीतिक दुर्घटना हुनबाट रोक्न हालको अस्थायी अरेजमेन्ट सोरुप कांग्रेस नेतृत्वमा वर्तमान सरकार गठन भएकोसमेत उनले दाबी गरे।
-1786442675.jpeg)










