Kathmandu Press

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, मनोनित सदस्यले लिए शपथ 

काठमाडौं, भदौ १० : पछिल्लो समयमा मनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहणसँगै नेकपा (एमाले)को केन्द्रीय कमिटी चौथो बैठक आज ललितपुरको च्यासलस्थित सो पार्टीको कार्यालयमा सुरु...
एमालेको केन्द्रीय कमिटी बैठक सुरु, मनोनित सदस्यले लिए शपथ 
फाइल तस्बिर

काठमाडौं, भदौ १० : पछिल्लो समयमा मनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहणसँगै नेकपा (एमाले)को केन्द्रीय कमिटी चौथो बैठक आज ललितपुरको च्यासलस्थित सो पार्टीको कार्यालयमा सुरु भएको छ ।

बैठकको थालनीमा अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो सचिवालय बैठकमा मनोनीत एकता प्रक्रियाबाट आएका जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको छ। 

बैठकमा सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण तथा समसामयिक प्रस्ताव रहेका छन्।

यही भदौ ७ गते स्थायी कमिटी र भदौ ९ गते पोलिटब्युरो बैठक बसेर केन्द्रीय कमिटीको बैठकको तयारी गरिएको थियो।  

प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्