च्याम्पियन्स लिग ड्र : बार्सिलोना, बार्यन र इन्टर एउटै समूहमा
काठमाडाैं, भदाै १० : नयाँ सिजनको युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सर्वाजनिक भएको छ। टर्कीको स्तानबुलमा एक कार्यक्रमबीच च्याम्पियन्स लिगको समूह...
काठमाडाैं, भदाै १० : नयाँ सिजनको युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सर्वाजनिक भएको छ। टर्कीको स्तानबुलमा एक कार्यक्रमबीच च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको हो।
सर्वाजनिक ड्र अनुसार डिफेन्ड्रि च्याम्पियन रियल मड्रिड सहज समूहमा पर्दा स्पेनिस क्लब बार्सिलोना, जर्मन जाइन्ट बायर्न र इटालियन क्लब इन्टर मिलान भने एकै समूहमा परेका छन्।
रियल रहेको समूह एफमा जर्मन क्लब आरबी लाइपजिग, युक्रेनी क्लब साख्तर डोनेस्क र स्कटिस क्लब सेल्टिक छन्। बार्सिलोना, बायर्न र इन्टर मिलानसँगै चेक क्लब भिक्टोरिया प्लाजेन समूह सीमा छन्। यो ग्रुप अफ डेथ पनि हो।
समूह एमा रहेको गत सिजनको उपविजेता लिभरपुललाई इटालियन क्लब नापोली, डच क्लब आयाक्स र स्कटिस क्लब रेन्जर्सले समूह चरणमा चुनौती दिनेछन्। समूह बीमा स्पेनिस क्लब एट्लेटिको मड्रिड, पोर्चुगिज क्लब एफसी पोर्टो, जर्मन क्लब बायर लेभरकुसन र बेल्जियन क्लब क्लब ब्रुग्स छन्।

यसैगरी इंग्लिस क्लब टोटनहम, पोर्चुगिज क्लब स्पोर्टिङ सिपी, युरोपा लिग विजेता जर्मन क्लब फ्रांकफर्ट र फ्रेन्च क्लब मार्सेली समूह डीमा रहँदा समूह ईमा इंग्लिस क्लब चेल्सीलाई अस्ट्रियन क्लब आरबी साल्जबर्ग, क्रोएसियन क्लब डाइनामो जाग्र्ेबले चुनौती दिनेछन्।
च्यासम्पियन्स लिगका समूह ‘जी’ रहेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभिया, जर्मन बोरुसिया डर्टमन्ड र डेनिस क्लब एफसी कोपेनहेगनसँग प्रतिस्पर्धा गर्ने छ । समूह एचमा फ्रेन्च क्लब पिएसजीले इटालियन क्लब युभेन्ट्स, पोर्चुगिज क्लब बेन्फिका र इजरायली क्लब मकाबी हाइफाको चुनौती पन्छाउनु पर्नेछ।











