बेन्जिमा बने युरोपका उत्कृष्ट खेलाडी
काठमाडाैं, भदाै १० : रियल मड्रिडका फरवार्ड फ्रेन्च स्ट्राइकर करिम बेन्जिमा युरोपको उत्कृष्ट खेलाडी बनेका छन्। अघिल्लो सिजन उत्कृष्ट प्रदर्शनका गरेका बेन्जिमाले युईएफए...
काठमाडाैं, भदाै १० : रियल मड्रिडका फरवार्ड फ्रेन्च स्ट्राइकर करिम बेन्जिमा युरोपको उत्कृष्ट खेलाडी बनेका छन्। अघिल्लो सिजन उत्कृष्ट प्रदर्शनका गरेका बेन्जिमाले युईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका हुन् ।
यो अवार्ड जित्ने क्रममा २४ वर्षीय बेन्जिमाले रियलकै बेल्जियन गोलकिपर थिबाउट कोर्टुवा र म्यानचेष्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रुएनालाई पछि पारे।
गत सिजन रियललाई च्याम्पियन्स लिग, ला लिगा, युईएफए सुपर कप, सुपर कोपा डे स्पान उपाधि दिलाएका बेन्जिमाले अवार्ड लिएपछि टिमका लागि उपाधि जित्नु सबैभन्दा महत्वपूर्ण भएको बताए।
महिला प्लेयर अफ दि इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । उनले लागतार दोस्रो पटक यो अवार्ड जितेका हुन्।
यस्तै, रियलकै प्रशिक्षक कार्लो एन्सेलोट्टीले उत्कृष्ट प्रशिक्षक बने। उनले म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला र लिभरपुलका योर्गेन क्लोपलाई पछि पारे।
महिलातर्फको कोच अफ दि इयरको अवार्ड सरिना विग्मानले जितिन् । यूईएफए प्रेसिडेन्ट अवार्ड इटालीका पूर्वखेलाडी तथा प्रशिक्षक एरिगो साच्चीलाई प्रदान गरिएको थियो ।











