Kathmandu Press

तीन दिनभित्र चोलेन्द्रविरुद्धका प्रमाण पेस गर्न महाभियोग सिफारिस समितिको निर्देशन

काठमाडौं, भदौ १० : प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध लगाइएका आरोपका प्रमाणहरु माग गरेको छ । समितिले शुक्रबार सार्वजनिक सूचना जारी...
तीन दिनभित्र चोलेन्द्रविरुद्धका प्रमाण पेस गर्न महाभियोग सिफारिस समितिको निर्देशन

काठमाडौं, भदौ १० : प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध लगाइएका आरोपका प्रमाणहरु माग गरेको छ । 

समितिले शुक्रबार सार्वजनिक सूचना जारी गरी तीन दिनभित्र राणाविरुद्धका प्रमाण तथा कागजात उपलब्ध गराउन सरोकारवालाहरुलाई आग्रह गरेको हो । 

बिहीबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले राणाविरुद्धको महाअभियोग आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको थियो। 

विगत ६ महिनादेखि निलम्बनमा रहेका प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव भदौ २० गतेसम्म संसद्‌मा पुर्‍याउने गरी संसद्‌को महाअभियोग समितिले कार्यविधि तय गरेको छ। 

समितिले  भदौ १५ गते राणालाई सोधपुछका लागि बोलाएको छ। 

प्रकाशित मिति: ११:४४ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्