Kathmandu Press

प्रतिनिधि तथा प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको दल दर्ता आजदेखि

काठमाडौं, भदौ १० : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको दल दर्ता आजदेखि सुरु हुँदैछ ।समानुपातिकतर्फ भाग...
प्रतिनिधि तथा प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको दल दर्ता आजदेखि

काठमाडौं, भदौ १० : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको दल दर्ता आजदेखि सुरु हुँदैछ ।

समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलहरुले पर्सि १२ गतेसम्म निर्वाचन अधिकृतको कार्यालय काठमाडौंमा निवेदन बुझाउन सक्नेछन् । प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को अनुसूची–४ अनुसार हरेक प्रदेशको लागि अलग अलग निवेदन पेस गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

दलबाट आएका निवेदन आयोगले १३ गते प्रकाशन गर्नेछ । भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ । आयोगको यसअघि बसेको बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अन्तर्गत राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्नेछ ।

त्यस्तै उम्मेदवारको बन्दसूचीबारे असोज २२ मा सूचना प्रकाशन गर्ने कार्यसूची छ । कात्तिक ९ गते बन्दसूचीको अन्तिम प्रकाशन गर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति: ०८:४२ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्