केन्यासँग लगातार दोस्रो जितको खोजीमा नेपाल
काठमाडौं, भदौ १० : नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । खेल नैरोबीमा दिउँसो पौने चार बजे सुरु हुनेछ । खेल...
काठमाडौं, भदौ १० : नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । खेल नैरोबीमा दिउँसो पौने चार बजे सुरु हुनेछ । खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजे सुरू हुनेछ।
बिहीबार सम्पन्न पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ। यता, केन्या भने पहिलो जितको खोजीमा हुने छ। केन्यासँगको पाँच खेलको टी–२० शृङ्खलामा नेपालले १–० को अग्रता बनाएको छ ।
हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई नेपालले ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । नेपालले केन्याविरूद्ध १२ भदौमा तेस्रो खेल खेल्ने छ। त्यस्तै, चौथो खेल १३ भदौ र पाँचौ तथा अन्तिम खेल १४ भदौमा हुनेछ।
५ टी २० आई सिरिजपछि नेपालले केन्यासँग ३ एकदिवसीय सिरिज खेल्नेछ। पहिलो एकदिवसीय खेल १७ भदौ, दोस्रो खेल १८ भदौ र तेस्रो खेल २० भदौमा हुनेछ।











