एमाले केन्द्रीय कमिटी बैठक आज, ओलीको प्रतिवेदनमाथी छलफल गरिने
काठमाडौं, भदौं १० : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले...
काठमाडौं, भदौं १० : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरे एजेन्डामाथि छलफल गर्नेछ ।
यसअघि बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेन्डा तय गरेको हो ।
त्यस्तै संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेन्डा पनि तय गरेको छ । यी एजेन्डामाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ ।
साथै मनोनित केन्द्रीय सदस्यहरुले आजै शपथ लिने कार्यक्रम तय गरिएको छ । यस्तै, मुद्रास्फिति र मुल्यवृद्धि बढेको विषयमा केन्द्रीय कमिटीमा छलफल हुनेछ ।
प्रकाशित मिति: ०७:३४ बजे, शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786442675.jpeg)










