उपत्यकामा बिहानैबाट बर्षा
काठमाडौं, भदौं १० : देशका विभिन्न भागमा आज पनि मौसममा बदली र वर्षा हुने भएको छ । काठमाडौं उपत्यकामा आज बिहानैबाट पानी परिरहेको...
काठमाडौं, भदौं १० : देशका विभिन्न भागमा आज पनि मौसममा बदली र वर्षा हुने भएको छ । काठमाडौं उपत्यकामा आज बिहानैबाट पानी परिरहेको छ ।
काठमाडौंको मौसम आज दिनभर बदली हुने भएको हो । आज बिहान सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य रहेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा प्रदेश १ र वाग्मती प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
प्रकाशित मिति: ०७:२० बजे, शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786442675.jpeg)










