Kathmandu Press

५० मेगावाटसम्मको बिजुली व्यापारका लागि नेपाल र बंगलादेश सहमत

काठमाडौं, भदौ ९ : नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका छन् ।नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित  ऊर्जा...
५० मेगावाटसम्मको बिजुली व्यापारका लागि नेपाल र बंगलादेश सहमत

काठमाडौं, भदौ ९ : नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका छन् ।

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित  ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बिहीबारको बैठकमा बंगलादेश र नेपालले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग.समझदारीका लागि आग्रह गर्ने सहमति भएको हो ।

Hardik ivf

भारत सरकारले प्रसारणलाइन प्रयोगको अनुमति दिएमा एनभीभीएनमार्फत विद्युत व्यापार सुरु गरिहाल्ने सहमति भएको छ । भारतले आफ्नो नोडल एजेन्सीमार्फत भारत हुँदै दुई देशबीच आफ्ना पूर्वाधार प्रयोग गरेर बिजली व्यापारको अनुमति दिन सक्छ । तर, अहिलेसम्म भारतले यसमा सहमति जनाएको छैन ।

बैठकमा बंगलादेशले भारतीय कम्पनी जीएमआरले बनाउने नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ५ सय मेगावाट बिजुली खरिद गर्न विद्युत खरिद सम्झौता हुन लागेको औपचारिक जानकारी पनि दिएको छ । त्यसैगरी सुनकोशी ३ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन बंगलादेशलाई दिने सहमति भएको छ ।

विद्युत् विकास विभागले तयार गरेको प्रतिवेदन अध्ययन गरेर लगानी मोडालिटी तय गर्न बंगलादेश सरकार सहमत भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी र बंगलादेशका तर्फबाट विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानले नेतृत्व गरको थिए ।

प्रकाशित मिति: २१:१४ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्