युरो कप बास्केटबल : युरो र सेबलाई सफलता
काठमाडौं, भदौ ९ : युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार छात्र आयोजक युरो स्कुल र सेब स्कुल विजयी भएका छन्। हात्तीगौडास्थित युरो स्कुलको कोर्टमा...काठमाडौं, भदौ ९ : युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार छात्र आयोजक युरो स्कुल र सेब स्कुल विजयी भएका छन्।
हात्तीगौडास्थित युरो स्कुलको कोर्टमा घरेलु टोलीले बाबा स्कुललाई ५७–२१ को फराकिलो अन्तरले पराजित गर्यो । युरोको जितमा सूर्यान्श खत्रीले १७ र पवन पराजुलीको ८ अंक जोडे।
यस्तै, अर्को खेलमा सेबले ड्याफोडिल स्कुलमाथि ३५–११ को जित निकाल्यो। छात्रतर्फ नै सेन्ट जेभियर्सले विल्सनलाई १७–१६, काठमाडौं वल्र्ड स्कुलले गुहेश्वरीलाई ३१–१९ तथा सेन्ट जोसेफले आलोक विद्याश्रमलाई ४२–८ ले पाखा लगाए ।
छात्रतर्फ दिक्षालयले संस्कृति स्कुलमाथि २२–४ को सहज जित दर्ता ग¥यो । विजेताकी पेम्बा शेर्पाले १६ अंक जोडिन् ।
प्रकाशित मिति: २०:५३ बजे, बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











