कार्यदलको बैठक : गठबन्धनमा रहेका कुन दलले कति मागे सिट ?
सत्ता गठबन्धनको सिट बाँडफाँटबारे सहमति जुटाउन बनेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सिटबारे दाबी प्रस्तुत गरेका थिए ।
काठमाडौं, भदौ ९ : सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
आज साँझ बालुवाटारमा बसेको बैठकमा दलहरूले आआफ्नै दाबी पेस गरेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । सत्ता गठबन्धनको सिट बाँडफाँटबारे सहमति जुटाउन बनेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सिटबारे दाबी प्रस्तुत गरेका थिए ।
बैठकमा १६५ वटा निर्वाचन क्षेत्रको पनि समीक्षा भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा काँग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको छ ।
यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२, र जनमोर्चाले ३ सिटमा दाबी गरेको छ । यद्यपि दलहरुबीच यसबारे थप छलफल गरेर अन्य बैठकमा सहमति जुटाइनेछ ।
प्रकाशित मिति: २०:४५ बजे, बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786442675.jpeg)










