अब नियमित रुपमा फोहोर बञ्चरे डाँडा जान्छ : मेयर बालेन
काठमाडौं, भदौं ९ : काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले अब नियमित रुपमा फोहोर बञ्चरे डाँडामा जाने बताएका छन्।उनले सडकमा फोहोर नफाल्न...
काठमाडौं, भदौं ९ : काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले अब नियमित रुपमा फोहोर बञ्चरे डाँडामा जाने बताएका छन्।
उनले सडकमा फोहोर नफाल्न पनि नगरबासीलाई आग्रह गरेका छन्। महानगरभित्रका अवैध संरचनामा आक्रामक देखिएका बालेनले फोहोर पनि अब निरन्तर उठेर सफा र सुन्दर महानगर हुने बताए।
‘फोहोर नियमित रुपमा बञ्चरे डाँडासम्म जाने क्रम जारी छ। अब घरघरमा थुप्रिएका फोहोरहरु पनि नियमितरुपमा संकलन हुन थाल्ने छन्।
यसैले कृपया सडकमा फोहोर विसर्जन गर्ने नगरिदिनुहोला,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सबैको सहभागिता र योगदानबाट मात्रै हामीले सफा, सुन्दर र स्वस्थ महानगरको परिकल्पना साकार गर्न सक्छौं। विश्वास छ, साथ दिनुहुनेछ।’
प्रकाशित मिति: २०:२९ बजे, बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786442675.jpeg)










