प्रतिनिधिसभा निर्वाचनको मतपत्रमा नेकपा एमालेकाे चुनाव चिन्ह पहिलाे नम्बरमा
काठमाडाैं, भदाै ९ : आगामी प्रतिनिधिसभा निर्वाचनको मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न पहिलो नम्बरमा रहने भएको छ।आयोगको अनुसार मतपत्रको पहिलो नम्बरमा एमाले, दोस्रो...
काठमाडाैं, भदाै ९ : आगामी प्रतिनिधिसभा निर्वाचनको मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न पहिलो नम्बरमा रहने भएको छ।आयोगको अनुसार मतपत्रको पहिलो नम्बरमा एमाले, दोस्रो नम्बरमा कांग्रेस, तेस्रो नम्बरमा माओवादी केन्द्रको चुनाव चिह्न रहने भएको हाे।
चुनाव चिह्नको रोलक्रम २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा हुने आयोगले जनाएको छ।
समानुपातिकतर्फ सहभागी नभएका दलहरुको हकमा भने प्रतिनिधि सभा/प्रदेश सभा सदस्य निर्वाचन– २०७९ का लागि दल दर्ता भएको क्रमका आधारमा हुनेछ।
निर्वाचन आयोगका अनुसार ८० दलले दल दर्ताका लागि निवेदन दिएका थिए।
आयोगले यसपटक उम्मेदवारी दिएका दलहरुको मात्र चिह्न राखेर मतपत्र छाप्ने भनेकाले जिल्ला/निर्वाचन क्षेत्रअनुसार मतपत्रमा चुनाव चिह्नको संख्या तलमाथि हुनेछ।
प्रकाशित मिति: १९:४३ बजे, बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786442675.jpeg)










