Kathmandu Press

मेयर साहले अधिकारको दुरुपयोग गरेको काठमाडौ उवासंघको आरोप 

काठमाडौं, भदौ ९ : काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ ।व्यवसायीबाट कर उठाएको १०...
मेयर साहले अधिकारको दुरुपयोग गरेको काठमाडौ उवासंघको आरोप 

काठमाडौं, भदौ ९ : काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ ।

व्यवसायीबाट कर उठाएको १० अर्ब रुपैयाँको ब्याज खाने काम मात्रै गरेको भन्दै मेयर साहलाई जनताको मेयर भए जनतालाई नै पैसा फिर्ता गर्न चुनौती समेत दिएको हो । काठमाडौँ महानगरपालिकाले अवैध संरचना हटाउने नाममा साना व्यापारीहरूको रोजिरोटी खोसेको भन्दै संघले महानगरको अभियानप्रति आपत्ति जनाएको हो ।

संघका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरूले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करोडौँ लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गरे । उनले बिहीबार महानगरको मेयरलाई अधिकार छ भन्दैमा प्रहरी, डोजर अगाडि पछाडि लगाएर अधिकारीको दुरुपयोग गर्न नहुने बताए ।

अध्यक्ष श्रेष्ठले घरधनी र महानगर बीचको विवादको बीचमा व्यापारीलाई पारेर व्यवसायीलाई मेयरले पसलमा नै गएर धम्क्याउने काम गलत भएको जिकिर गरे । अध्यक्ष श्रेष्ठले मेयरको अभियानले दशैँको मुखमा व्यवसायीमाथि अन्याय भएको भन्दै काठमाडौँ उद्योग वाणिज्य संघ व्यवसायीहरूको हक हितको रक्षाको लागि अगाडि बढ्ने बताए ।

उनले  पार्किङको लागि नक्सापास भएपनि व्यवसायीसँग कर उठाउने र कर उठाएको पैसा बैंकमा राखेर ब्याज खाएको आरोप लगाए । 

प्रकाशित मिति: १८:५८ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्