काठमाडौं उपत्यकामा १२८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १ सय १२, ललितपुरमा...
काठमाडौं, भदौ ९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १ सय १२, ललितपुरमा १४ र भक्तपुरमा २ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ८ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार १ सय ८, ललितपुरमा ६ सय ३७ र भक्तपुरमा ६३ जना रहेको मन्त्रालयले जनाएको छ।
बिहीबार देशभर ४ सय ४४ जना जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ९९ पुगेको छ।
प्रकाशित मिति: १७:४८ बजे, बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786442675.jpeg)










