Kathmandu Press

थप ४४४ जनामा कोरोना संक्रमण, तीनको मृत्यु 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनामा परीक्षण गर्दा ४४४ जनामा संक्रमण देखिएको हो। 
थप ४४४ जनामा कोरोना संक्रमण, तीनको मृत्यु 

काठमाडौं, भदौ ९ : मुलुकभर पछिल्लो चौबिस घन्टाको अवधिमा ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनामा परीक्षण गर्दा ४४४ जनामा संक्रमण देखिएको हो । 

जसमध्ये १ हजार ९९६ जनामा पीसीआर परीक्षण गर्दा २११ र २ हजार ९५८ जनामा एन्टीजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको हो । 

सोही अवधिमा ३०७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार बिहीबार तीन संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ  ९ लाख ९६ हजार ४४२ र एन्टीजेनतर्फ १ लाख ५० हजार ६३ पुगेको छ । तीमध्ये ९ लाख ८० हजार २४५ संक्रमित निको भइसकेका छन् । 

मन्त्रालयका अनुसार बिहीबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९९८ पुगेको छ । हाल देशभर ४ हजार १९९ सक्रिय संक्रमित रहेका छन् । 


 
 

प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्