Kathmandu Press

नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ : बालेन 

‘उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो, मैले अफिस गएर नक्सा र डोजर लिएर आएँ । मैले के बिराएँ,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।
नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ : बालेन 

काठमाडौं, भदौ ९ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नक्सा अनुसार संरचना नभएकै कारण अल्फाबिटा कम्प्लेक्समा डोजर चलाइएको बताएका छन् । 

मेयर शाहले सामाजिक सञ्जालमार्फत अवैध संरचना भत्काएर आफूले केही नबिराएको दाबी गरेका हुन् । उनले अल्फाबिटाका सञ्चालकले आफ्नो भवनको नक्सा महानगरसँग मागेपछि कार्यालय गएर नक्सा र डोजर लिएर आएको बताएका छन् । 

‘उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो, मैले अफिस गएर नक्सा र डोजर लिएर आएँ । मैले के बिराएँ,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन् । उनले आगामी दिनमा यस्तो गर्न नपरोस् भन्ने कामना समेत गरेका छन्।

 
‘अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको संरचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनुहोला,’ उनले लेखेका छन् । 

 

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्