Kathmandu Press

क्रिकेट अवार्ड वितरण भदाै २४ गते हुने

काठमाडाैं, भदाै ९ : क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गर्दै आएको क्रिकेट अवार्ड यस वर्ष भदाै २४ गते हुने भएको छ।बिहीबार काठमाडौंमा...
क्रिकेट अवार्ड वितरण भदाै २४ गते हुने

काठमाडाैं, भदाै ९ : क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गर्दै आएको क्रिकेट अवार्ड यस वर्ष भदाै २४ गते हुने भएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिप्यानले भाद्र २४ गते काठमाडौंमा एक समारोहको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने जनाएको हो।

आयोजकले यस वर्ष विभिन्न पाँच विधामा अवार्ड वितरण गरिने जनाएको छ। यस वर्ष वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड गरी पाँच विधामा पुरस्कार वितरण गरिने क्रिकेट खेलाडी संघ नेपालका महासचिव पारस खड्काले जानकारी दिए।

वर्ष पुरुष खेलाडी र महिला खेलाडीले अवार्डसहित जनही १ लाख ३२ हजार रुपैयाँ, वर्ष उदयमान खेलाडीले ६६ हजार, वर्ष उत्कृष्ट क्षणले भोटिङका आधारमा ६६ हजार र विशेष अवार्ड विजेताले १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए।

त्यस्तै प्राविधिक समिति गठन गरेर तोकिएको मापदण्डाका आधारमा खेलाडी छनोट गरिने सीप्यानका अध्यक्ष मनिष राज पाण्डेले जानकारी दिएका छन्।

अवार्ड विजेताको नाम छनोट गर्नका लागि ५ जनाको प्राविधिक कमिटि गठन गरिने आयोजकले जनाएको छ। 

प्रकाशित मिति: १७:२६ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्