Kathmandu Press

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकाे तयारी तीव्र रुपमा अघि बढेको छ : सदस्य सचिव

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकाे तयारी तीव्र रुपमा अघि बढेको छ : सदस्य सचिव

काठमाडाैं, भदाै ९ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारेको छ।

प्रतियोगिता सुरु हुन ५० दिनमात्र बाँकी रहँदा राखेपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभिन्न तयारीहरु तीव्र रुपमा अघि बढेको जनाएको हो।

प्रतियोगीताका लागि ३६ वटा खेलका खेलाडी कोटा र खेल इभेन्ट्स स्वीकृत गरिएको छ भने स्वर्ण ३९३, रजतः ३९३ र कास्य ६०० रहने राखेपले जनाएको छ।

त्यस्तै प्रतियोगिताका लागि ६० करोडको बजेट सुनिश्चित भएको र पहिलो किस्ता वापत १० करोड निकासा भइसकेको राखेप सदस्य सचिव टंकलाल घिसिङले बताए। उनले उपसमितिहरुको कार्यविधि तथा कार्यतालिका बनाई काम प्रारम्भ गरिएको जानकारी दिए। 

खेल सामाग्री लगायत खरिदका लागि लागत अनुमान कमिटि गठन भई कार्य सूरु भएको , प्रचार प्रसारको काम सुरु भएको उनले बताए।

खेल सामाग्री, खेल पोशाक, किड्स ब्याग खरिदका लागि अनलाईन टेण्डर सूचना गरिसकिएको, राष्ट्रिय ट्रफी विजेता टफी र मेडलको नमूना संकलन कार्य भई खरिद प्रक्रिया अगाडि बढिसकेको र उद्घाटन तथा समापन समारोहका लागि उपसमितिबाट खरिद प्रकृया शुरु भएको घिसिङले बताए।

खेलाडी तथा अफिसियलको बसोवासका लागि पोखरामा होटलका संख्या यकिन गरी व्यवस्थापनको काम भइरहेको, प्रतियोगिता अवधिमा आवश्यक पर्ने सवारी साधनको संख्या यकिन,दररेट निर्धारण गरि बोलपत्र आव्हान भएको राखेपले जनाएको छ।

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्