राष्ट्रपतिको पछिल्लो गतिविधिले अनिष्ट हुन सक्ने आशंका जन्माएको छ : अध्यक्ष नेपाल
काठमाडाैं, भदाै ९ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिले आशंका पैदा भएको बताएका छन्।समाजवादी पार्टी पुनर्गठन दिवसका...
काठमाडाैं, भदाै ९ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिले आशंका पैदा भएको बताएका छन्।
समाजवादी पार्टी पुनर्गठन दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले राष्ट्रपति भण्डारीको पछिल्लो गतिविधिका बारेमा गठबन्धन बैठकमा पनि छलफल भएको र कतै अनिष्ट त हुन लागेको होइन भन्ने प्रश्न उठेको बताएका हुन्।
राष्ट्रपतिले पूर्वआर्मी चिफ बोलाएर भोजन दिने कामले शंका जन्माएको उनको भनाइ थियाे। उनले अहिले दरबारवाला, राजावादी शक्ति कति क्रियाशील छन् भन्नेमा हेरिरहेको जिकिर गरे।
त्यस्तै अध्यक्ष नेपालले गठबन्धन बैठकमा यसअघिको स्थानीय चूनावमा आफ्नो पार्टीको मतलाई अवमुल्यन गर्न खोजिएको र आफुहरुको ध्यानाकर्षण गराएको जानकारी दिए।
उनले आगामी निर्वाचनमा गठबन्धनको मात्रै भर नपर्न र आफ्नो तयारीलाई पनि तीव्र पार्न नेता कार्यकर्तालाई निर्देशन दिए।उनले यसअघि पार्टीभित्रको गुटबन्दी र व्यक्तिबाद हावी भएका कारण नै आफूहरुले विद्रोह गर्नुपरेको बताए।
कम्युनिस्टभित्र अझै व्यक्तिबादी प्रवृत्ति देखिएकाले सबै सजग हुनुपर्ने उनको भनाइ छ।
-1786442675.jpeg)










