Kathmandu Press

कार्यकारी निर्देशक घिसिङ र महानगर प्रमुख सिंहबीच छलफल

काठमाडौं, भदौ ९ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहबीच वीरगञ्जमा पछिल्लोपटक देखिएको विद्युत् आपूर्तिमा देखिएको विद्यमान...
कार्यकारी निर्देशक घिसिङ र महानगर प्रमुख सिंहबीच छलफल

काठमाडौं, भदौ ९ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहबीच वीरगञ्जमा पछिल्लोपटक देखिएको विद्युत् आपूर्तिमा देखिएको विद्यमान समस्याबारे छलफल भएको छ ।

बुधबार काठमाडौँमा विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जीतेन्द्र झासँगै घिसिङलाई भेटेर महानगरप्रमुख सिंहले वीरगञ्जमा विद्यमान विद्युत्सँग सम्बन्धित समस्याबारे जानकारी गराएका  । 

त्यस क्रममा उनले अहिले भइरहेको अनियमित विद्युत् कटौतीको समस्या तत्काल समाधान गरिदिन घिसिङसँग आग्रह गरे । 

प्रमुख सिंहले वीरगञ्जमा सडकबत्ती व्यवस्थापनका लागि फिप्थ वायर जडान, भूमिगत तार व्यवस्थापन, पानी ट्याङ्की क्षेत्रका घरमाथिको हाईटेन्सन लाईन स्थानान्तरण र बाइपास इनर्वा क्षेत्रको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने  विषयमा जानकारी गराएका थिए । 

कार्यकारी निर्देशक घिसिङले प्रस्तुत समस्या समाधानका लागि प्रक्रियामा लैजान वीरगञ्ज वितरण केन्द्रले कार्य अघि बढाउने आश्वासन दिनुभएको छलफलमा सहभागी प्रमुख सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए। 

प्रकाशित मिति: १६:४२ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्