Kathmandu Press

एमाले केन्द्रीय कमिटी बैठकका लागि उम्मेदवार छनाेट मापदण्ड, राजनीतिक प्रतिवेदनलगायत एजेन्डा तय

एमाले केन्द्रीय कमिटी बैठकका लागि उम्मेदवार छनाेट मापदण्ड, राजनीतिक प्रतिवेदनलगायत एजेन्डा तय

काठमाडाैं, भदाै ९ : नेकपा एमालेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गरेको छ।

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उम्मेदवारको छनाेटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्ने लगायतका केन्द्रीय कमिटीका एजेण्डा तय गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

त्यस्तै संगठीत सदस्यहरुको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्ने लगाएतका एजेन्डासमेत तय भएको उनले बताए।

बैठकमा अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनबारे जानकारी गराएका थिए भने १५ जना पोलिट्व्युरो सदस्यहरुले प्रतिवेदनमाथि धारणा राखेको गुरुङले जानकारी दिए।

गुरुङले पार्टीको नीति सिद्धान्त र कार्यक्रममा प्रतिबद्धता रहेको, कुनै पनि व्यक्तिले पार्टीको आन्दोलनमा योगदान दिएको, लोकप्रिय र विजय सुनिश्चिता तथा संविधानमा व्यवस्था भएको समानुपाती सहभागीतालाई आधार बनाएर उम्मेद्वारको मापदण्ड तय गरिने जानकारी दिए।

मापदण्डलाई अन्तिम रुप केन्द्रीय कमिटीले दिने उनले बताए। एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार बस्ने तय भएको छ।

प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्