Kathmandu Press

नवौं राष्ट्रिय खेलकुदः कैलालीमा आजदेखि खेलाडी छनोट

कैलाली, भदाै ९ : आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलालीमा आजदेखि खेलाडी छनोट...
नवौं राष्ट्रिय खेलकुदः कैलालीमा आजदेखि खेलाडी छनोट

कैलाली, भदाै ९ : आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलालीमा आजदेखि खेलाडी छनोट सुरु हुने भएको छ।

उक्त प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रिया आजदेखि १४ गतेसम्म हुने कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

जिल्लाबाट छनोट गरिने प्रतियोगिता धनगढी र टीकापुरमा सञ्चालन हुनेछन्। जिल्लाबाट छनोट भएका खेलाडीलाई यही भदौ १८ देखि २४ गतेसम्म प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने खेलकुद विकास समितिका कार्यालय प्रमुख टोपबहादुर विष्टले बताए।

प्रदेशस्तरीय प्रतियोतिामा छनोट भएका खेलाडीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पाउने उहाँको भनाइ थियो। उक्त प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, भारत्तोलन, कुस्ती कबड्डी, बुद्धिचाल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, पौडी, सुटिङ, खो–खो, शारीरिक सुगठनलगायत ३३ प्रकारका खेलमा प्रदेशको सहभागिता हुने जनाइएको छ।

रुग्वी ट्रयाथोलन, प्यारागलाडिङ, गल्फ, पौडी, आर्चरी, साइक्लिङ, सफ्ट टेनिस, लङटेनिस र स्क्वासका लागि भने जिल्ला र प्रदेशबाट छनोट नभई सोझै प्रतियोगितामा सहभागी हुन पाउने जनाइएको छ। 

प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्