Kathmandu Press

अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा महानगरले डोजर चलायो

महानगर प्रमुख बालेन शाहको नेतृत्वमा बिहीबार दिउँसो त्यहाँका अवैध संरचना डोजर लगाएर भत्काइएको हो । 
अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा महानगरले डोजर चलायो

काठमाडौं, भदौ ९ : काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको बनेको अवैध संरचनामा डोजर चलाएको छ । महानगर प्रमुख बालेन शाहको नेतृत्वमा बिहीबार दिउँसो त्यहाँका अवैध संरचना डोजर लगाएर भत्काइएको हो । 

अवैध संरचना भत्काउनु अगाडि आजै बिहान मेयर बालेनसहितको टोली अल्फाबिटा कम्प्लेक्स पुगेका थिए । मेयर बालेनले कम्प्लेक्सका सञ्चालक द्वीराज शर्मासँग भवनको नक्सा मागेका थिए । तर, शर्माले आफूसँग भवनको नक्सा नभएको बताएपछि उनी र मेयर बालेनबीच चर्काचर्की नै भएको थियो । 

मेयर शाहले प्रमुख शर्मासँग झोक्किँदै भनेका थिए, ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्छ ? त्यसपछि कम्प्लेक्सका सञ्चालक शर्माले आफू वकिलमार्फत आउने भनेपछि बालेनले अवैध संरचना तत्काल खाली गर्न निर्देशन दिएका थिए ।

अल्फाबिटाले पार्किङका लागि छुट्याएको ठाउँमा व्यापारिक प्रयोजनका लागि संरचना बनाएको पाइएपछि मेयर बालेन डोजरसहित त्यहाँ पुगेका थिए ।  अहिले डोजरले अवैध रुपमा सञ्चालित फार्मेसी हटाइरहेको छ । 

प्रकाशित मिति: १५:५९ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्