Kathmandu Press

भुटानको टोली साफ च्याम्पियनसिप खेल्न नेपाल आइपुग्यो

काठमाडाैं, भदाै ९ : नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसिपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ।यही भदौ...
भुटानको टोली साफ च्याम्पियनसिप खेल्न नेपाल आइपुग्यो

काठमाडाैं, भदाै ९ : नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसिपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ।

यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्याम्पियनसीपमा सहभागिता जनाउनका लागि भुटानको टोली नेपाल आइपुगेको हो। साफ च्याम्पियनसीपमा सभागिता जनाउन आउने भुटान पहिलो टोली हो।

भुटानी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। च्यापियनसीपमा भुटान समूह ‘बी’मा रहेको छ। भुटानको समूहमा श्रीलंका र नेपाल छन्।

उक्त प्रतियोगितामा नेपालसहित सात टोलीले प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको छ तर केही समयअघि मात्र फिफाले अखिल भारत फुटबल महासङ्घलाई निलम्बन गरेसँगै प्रतियोगितामा भारतले सहभागिता जनाउँछ जनाउँदैन भन्ने निश्चित छैन।

प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्