गठबन्धन दलहरूले सांगठनिक हैसियतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ : अमरसिंह पुन
बुटवल, भदाै ९ : नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँडफाँट...
बुटवल, भदाै ९ : नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँडफाँट गर्नुपर्नेमा जोड दिएका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै पुनले स्थानीय तहको सिटका आधारमा आगामी एमालेले चुनावमा हार्ने निश्चित भएको ठोकुवा गरे।
उनले दलहरुको हैसियतका आधारमा सिट बाँटफाँट गरे जित हासिल गर्न सकिने जिकिर गरे। रोल्पा र रुकुमलाई संकेत गर्दै उनले ती क्षेत्रमा नेकपा माओवादीले ६० प्रतिशत र कांग्रेसले ४० प्रतिशत अवलम्बन गरेर आगामी चुनावमा गठबन्धनमा जान नेपाली कांग्रेस तयार रहेको बताए।
त्यस्तै नेकपा एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धनको कुनै औचित्य नरहेको बताउदै पाँच त्यसले संविधानलाई कमजोर बनाएर देशलाई डुबाउने काम गरेको जानकारी दिए। उनले नागरिता ऐन, एमसिसि, एसपिपि जस्ता कुरालाई गठबन्धनले बढावा दिएर देशका लागि अहितपूर्ण काम गरेको आरोप लगाए।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीले नेपाली राजनीतिमा विश्वासको संकट परेको बताए। उनले अघिल्लो स्थानिय तहको चुनावलाई हेर्दा पार्टी भित्र र गठबन्धनमा विश्वासघात भएको भन्दै सजक रहनुपर्ने धारणा राखे।
साक्षात्कारमा नेकपा एसका लुम्विनी प्रदेश सचिव राजु गुरुङले एउटै दलका नेताले चुनाव जित्दा अहंकार बढ्दै गएको बताउँदै आगामी चुनावमा युवा पुस्तालाई जिताउनुपर्ने औंल्याए।











