नेवार समुदायमा पञ्चदान पर्व मनाइँदै (तस्बिरहरू)
काठमाडाैं, भदाै ९ : नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व मनाइन्छ।नेवार समुदायमा पूजा, खाने वस्तु, पिउने...काठमाडाैं, भदाै ९ : नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व मनाइन्छ।
नेवार समुदायमा पूजा, खाने वस्तु, पिउने कुरा, औषधि, दैनिक प्रयोजनका चीजबीज गरी पाँच वस्तु भिक्षु जीवन पूरा गरी गृहस्थमा प्रवेश गर्ने शाक्य र बज्राचार्य समुदायका व्यक्तिलाई प्रदान गर्नुलाई पञ्चदान भन्ने गरिएको यस विषयमा खोज अनुसन्धान गरिरहेका अच्युत बज्राचार्य बताउँछन्।
ललितपुर पाटनमा भने यो पर्व श्रावण शुक्ल अष्टमीकै दिनमा मनाइने पनि उनले जानकारी दिए। अन्य सबैतिरका नेवार समुदायले आजै यो पर्व मनाउँछन्। सिद्धार्थ गौतमले ज्ञान प्राप्तिका लागि गृहत्याग गरेको घटनासँग पनि यो पर्वको सम्बन्ध रहेको छ।
शरीर रक्षाका लागि गौतम बुद्धले भिक्षा ग्रहण गगरे। दान पारमिता पूण गर्न पञ्दान गरिन्छ। बौद्ध दर्शनअनुसार १० पारमिता पूरा गरेपछि बुद्धत्व प्राप्ति हुन्छ।
दान, शील, क्षान्ति, वीर्य, ध्यान, प्रज्ञा, बल, उपाय, प्रणिधि र ज्ञान गरी १० पारमिता पूरा गरेपछि बुद्धत्व प्राप्त हुने बौद्ध दर्शनका विभिन्न पुस्तकमा वर्णन गरिएको जानकारी पनि अनुसन्धाता बज्राचार्यले दिए।
पञ्चदान बुद्धत्व प्राप्तिको पहिलो खुड्किलो हो। यसपछि अन्य नौ पारमिता पूरा गर्न लागिने जनाइएको छ।
भक्तपुरका मध्यपुर थिमि र भादगाउँमा नेवार समुदायले पञ्चदान पर्व मनाएका तस्बिरहरू ः लक्ष्मी गारु/रासस
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)











