एमाले पोलिटब्यूरो बैठक जारी
काठमाडौं, भदौ ९ : नेकपा (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक केही बेरअघि भएको एमाले प्रचार तथा प्रकाशन...
काठमाडौं, भदौ ९ : नेकपा (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक केही बेरअघि भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनेछन् । यही भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आयोजना गरिएको छ।
एमालेले मङ्सिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई केन्द्रित गरी सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ। बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने प्रतिवेदनमाथि पोलिटब्यूरो सदस्यले धारणा राख्नेछन्।
प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











