Kathmandu Press

सिरहा–१ बाट उम्मेदवारी दिने सरिता गिरीको घोषणा

काठमाडौं, भदौ ९ : आगामी प्रतिनिधि सभा निर्वाचनमा सरिता गिरिले सिरहा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन् । बिहीबार सामाजिक सञ्जालमार्फत...
सिरहा–१ बाट उम्मेदवारी दिने सरिता गिरीको घोषणा

काठमाडौं, भदौ ९ : आगामी प्रतिनिधि सभा निर्वाचनमा सरिता गिरिले सिरहा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले सिरहा–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेकी हुन् । 

‘म सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्न गइरहेको छु,’ उनले भनेकी छन्, ‘यो आधिकारिक घोषणा हो। सबै जनासंग सहयोगका लागि विनम्रता पुर्वक आग्रह गर्दछु।’

एक नम्बर क्षेत्रमा यसअघिको चुनावमा कांग्रेसबाट प्रदीप गिरि निर्वाचित भएका थिए। गिरिको गत शनिबार निधन भएको थियो। सरिता गिरीले बुधबार मात्रै नेपाल सद्‍भावना पार्टी परित्याग गरेर आफू स्वतन्त्र भएको बताएकी थिइन् ।


 

प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्