Kathmandu Press

केन्यासँग भर्सेस नेपाल : ब्याटिङ र वरीयता सुधारकाे अपेक्षा

काठमाडाैं, भदाै ९ : नेपाली राष्ट्रिय क्रिकेट टिमले टि–२० क्रिकेटमा एक दशकपछि अफ्रिकी मुलुक केन्यासँग प्रतिस्पर्धा गर्दै छ। केन्याले नेपाली टिमसँग सिरिज खेल्ने...
केन्यासँग भर्सेस नेपाल : ब्याटिङ र वरीयता सुधारकाे अपेक्षा

काठमाडाैं, भदाै ९ : नेपाली राष्ट्रिय क्रिकेट टिमले टि–२० क्रिकेटमा एक दशकपछि अफ्रिकी मुलुक केन्यासँग प्रतिस्पर्धा गर्दै छ। केन्याले नेपाली टिमसँग सिरिज खेल्ने प्रस्ताव राखेपछि एक दशकपछि नेपाल र केन्याबीचको खेल सम्भव भएको हो।

केन्या भ्रमणमा रहेको नेपाली टिममले एकदिवसीय र टि–२० सिरिज खेल्ने छ। नेपाल र केन्याबीचको टि–२० सिरिज बिहीबारबाटै सुरु हुनेछ। पहिलो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

नेपालले अन्तिम पटक सन् २०१३मा केन्यासँग खेलेको थियो । टि–२० विश्वकप छनोटमा केन्याविरुद्ध शरद भेषावकरले अन्तिम ओभरमा ३ छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए।

कुनै समयको एसोसिएट्को बलियो राष्ट्र केन्यको क्रिकेट त्यसपछि खस्किएको थियो । अहिले फेरि केन्या क्रिकेट माथि उठ्ने क्रममा छ।

केन्यासँगकाे खेल नेपाली टिमका लागि ब्याटिङ सुधार र टि-२० वरीयता सुधारका लागि राम्राे अवसर हुनेछ। नेपाल याे भ्रमणालाई विश्वकप लिग २ का बाँकी खेलका लागि अभ्यासका रूपममा पनि लिएकाेछ।

यही खेलमार्फत मनोज प्रभाकरले मुख्य प्रशिक्षका रुपमा टिमको यात्रा थाल्ने छन्। त्यसैले केन्या भ्रमण प्रभाकरलाई खेलाडी चिन्ने राम्राे अवसर पनि हुनेछ।

नेपाली खेलाडीलाई २ दिनमात्र प्रशिक्षण दिए पनि प्रभाकरले राम्रो तयारी भएको र धेरै अपेक्षा राखेको बताएका छन्। टिमको बिदाई कार्यक्रममा प्रभाकरले टिममा धेरै युवा खेलाडी रहेको र उनीहरु सिक्न र त्यसलाई लागू गर्ने उत्साहित रहेको बताएका छन्। उनले केन्या टुर राम्रो अभ्यास खेल पनि बताएका थिए।

भिसा समस्याका कारण खेल अघिमात्र केही खेलाडी केन्या पुग्ने हुनाले प्लेइङ सेटमा परिवर्तन हुनेछ। नेपाली टिम दुई दिनअघि केन्या पुगेको थियो । तर, भिसा समस्याका कारण सोमपाल कामीसहित ५ खेलाडी भने आज मात्र नैरोबी पुग्दैछन्।

केन्या भ्रमणका क्रममा नोपलले ५ खेलको टि–२० सिरिज र ३ खेलको एकदिवसीय सिरिज खेल्ने तालिका छ। टि–२० सिरिजका खेल भदौ १०, १२, १३ र १४ मा हुने छ भने एकदिवसीय सिरिज भदौ १७, १८ र २० मा हुने छ।

नेपाली टिम : सन्दीप लामिछाने, रोहितकुमार पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बासिर अहमद, अर्जुन साउद, पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव।

प्रकाशित मिति: ११:०३ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्