Kathmandu Press

सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक आज

काठमाडौं, भदौ ९ : आगामी चुनावका लागि सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बैठक बोलाइएको कांग्रेस...
सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक आज

काठमाडौं, भदौ ९ : आगामी चुनावका लागि सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बैठक बोलाइएको कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यसअघि बुधबार साँझ बैठक बोलाइएको थियो। तर, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा व्यस्त रहेपछि आजलाई सारिएको हो।

आजको बैठकमा सीट बाँडफाँडका विषयमा छलफल हुने जनाइएको छ। सकभर आजै सीट बाँडफाँडको टुंगो लगाउने गठबन्धनको तयारी छ।

सीट बाँडफाँडका लागि गठबन्धनले कार्यदल बनाएको थियो। कार्यदलमा सहमति जुट्न नसकेपछि शीर्ष नेतालाई नै जिम्मेवारी दिइएको छ।

सीट बाँडफाँडका लागि गठबन्धनले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचन र भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार बनाउने तय गरेका छन्।

प्रकाशित मिति: ०७:५९ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्