चुनावी तयारीका लागि एमाले पोलिटब्यूरो बैठक आज
काठमाडौं, भदौ ९ : आगामी चुनावको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को पोलिटब्यूरो बैठक बस्दै छ।आज बिहान ११ बजे पार्टी केन्द्रीय...
काठमाडौं, भदौ ९ : आगामी चुनावको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को पोलिटब्यूरो बैठक बस्दै छ।
आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा पोलिटब्यूरो बैठक बस्ने एमाले प्रचार विभागले जनाएको छ। आजको बैठकमा समसामयिक राजनीतिक विषयसँगै चुनावी तयारीबारे छलफल हुने जनाएको छ।
यससँगै एमाले केन्द्रीय कमिटी बैठकका अजेन्डा तय हुने जनाइएको छ। एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट काठमाडौंबाट शुरु हुँदै छ।
एमालेले चुनावी तयारीका लागि यसअघि स्थायी कमिटी बैठक बोलाएको थियो। आज पोलिटब्यूरो र त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाएको छ।
प्रकाशित मिति: ०७:५० बजे, बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











