त्रिवि शिक्षण अस्पतालबाट भागे कैदी, छानबिन समित गठन
काठमाडौं, भदौ ९ : काठमाडौंमै उपचारका लागि अस्पताल लगिएका कैदी भागेपछि सुरक्षामा खटिएका प्रहरी निलम्बनमा परेका छन् भने छानबिन समिति गठन भएको छ।काठमाडौं...
काठमाडौं, भदौ ९ : काठमाडौंमै उपचारका लागि अस्पताल लगिएका कैदी भागेपछि सुरक्षामा खटिएका प्रहरी निलम्बनमा परेका छन् भने छानबिन समिति गठन भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले बुधबार उपचार क्रममा अस्पताल लगिएका रामेछाप पिल्पुङग गाउँपालिका २ का ३१ वर्षीय भोला बुढाथोकी भागेका थिए। उपचारका क्रममा कैदी भागेपछि प्रहरीले छानबिन समिति गठन गरेको छ।
उनलाई बुधबार उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। उनी त्यहिबाट प्रहरीलाई झुक्याएर भागेको जनाइएको छ।
घटनाको अध्ययन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ। भागेका बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ। त्यस्तै, कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ।











