सिराहामा मिटरब्याजीविरुद्ध २८९ उजुरी दर्ता
सिराहा, भदौ ९ : जिल्ला प्रशासन कार्यालय, सिराहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी परेका छन्।सरकारले भदौ ५ गतेसम्म उजुरी दिन आह्वान गरेको...
सिराहा, भदौ ९ : जिल्ला प्रशासन कार्यालय, सिराहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी परेका छन्।
सरकारले भदौ ५ गतेसम्म उजुरी दिन आह्वान गरेको थियो। जसअनुसार, मिटरब्याजी गिरोहविरुद्ध उजुरी परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
मिटरब्याजीको गिरोहले सम्पत्ति हड्पेर सर्वसाधारणको उठीबास लगाइरहेको विषय बाहिरिएको थियो। त्यसपछि सरकारले मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन कार्यदल नै गठन गरेको थियो।
मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ८९ वटा उजुरी परेको सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए।
देशका अन्य भागमा पनि मिटरब्याजीविरुद्ध उजुरी परेका छन्। विशेष गरेर तराईका जिल्लामा धेरै उजुरी परेका छन्।
प्रकाशित मिति: ०६:४४ बजे, बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











