Kathmandu Press

हतकडीसहित भागे नख्खुका कैदी

हतकडीसहित भागे नख्खुका कैदी

काठमाडाैं, भदाै ८ : कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदी फरार रहेका छन। ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका रामेछापका भोला बुढाथोकी फरार भएका हुन।

उनलाई बुधबार अपरान्ह ४ बजेपछि उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पातल लगिएकाे बुढाथाेकी फरार भएको नख्खुका जेलर सुवासकुमार बुढाथोकीले बताए।

उनलाई अदालतले २० वर्ष जेल सजाय सुनाएको थियो। २०७२ सालदेखि कैद भुक्तान गरिरहेका थिए।

उनको आँखामा झुसेली कीरा परेर आँखामा समस्या देखिएपछि उपचारको लागि अस्पताल लगिएकाे थियाे।

उनको एक हातमा हतकडीसहित भागेका थिए। उपचारको लागि कैदीबन्दीको एउटा हतकडी खोल्ने गरिन्छ।

भागेपछि प्रहरीले उनको खोजी गर्न थालेको छ।

प्रकाशित मिति: २०:५३ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्