Kathmandu Press

समावेशी अधिकार निश्चित समयसम्मका लागि हो : मन्त्री भुसाल

समावेशी अधिकार निश्चित समयसम्मका लागि हो : मन्त्री भुसाल

काठमाडाैं, भदाै ८ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेखित समावेशितासम्बन्धी अधिकार निश्चित समयसम्मका लागि भएको बताएकी छन।

अखिल(क्रान्तिकारी) केन्द्रिय छात्रा विभागद्वारा आज आयोजित तीज विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनले भने, 'महिलाले पाएको अधिकार निश्चित समयसम्म क्षमता अभिवृद्धिका लागि हो, त्यसपछि क्षमताअनुसार नै काम र सुविधा पाइन्छ।'

जनआन्दोलन र जनयुद्धको संयुक्त प्रयासबाट समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै मन्त्री भुसालले संविधानमा समेटिएका निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था लागू गर्नेसहितका मौलिक अधिकार संस्थागत लैजानुपर्नेमा जोड दिइन।

उनले समाज परिवर्तन भएअनुसार तीज मनाउने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै तीजलाई अलौकिकभन्दा पनि भौतिकवादीरूपमा वैज्ञानिक तवरले मनाउन आम महिलालाई अपिल गरिन।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य ओनसरी घर्तीमगरले तीजमार्फत अधिकारका लागि जनचेतना विस्तार गर्नुपर्ने बताइन उनले भनिन, 'कम्युनिष्टहरू भौतिकवाद र विज्ञानमा विश्वास गर्छन्, उनीहरूले तीजलाई समाज रूपान्तरणका लागि चेतना विस्तार गर्ने पर्वका रूपमा मनाउनुपर्छ।'

अखिल (क्रन्तिकारी)का अध्यक्ष पञ्चा सिंहले आम महिलाले तीज पर्वलाई परिवर्तन र विद्रोहका रूपमा लिनुपर्ने बताउँदै अधिकार सुनिश्चित गर्नका लागि महिलाले निरन्तर सङ्घर्ष गर्नुपर्नेमा जोड दिइन।

यसैबीच नेपाल राष्ट्रिय कर्मचारी महासङघ, महिला विभागले पनि आज यहाँ तीज विशेष कार्यक्रमम आयोजना गरेको छ। सो कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत महिला कर्मचारीले तीज मनाएका छन्।

प्रकाशित मिति: २०:१४ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्