गृहमन्त्री खाण र प्रधानसेनापाति शर्माबीच भेटवार्ता

काठमाडौं, भदौ ८ : गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापाति प्रभुराम शर्माले भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको छ ।
भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: १९:४९ बजे, बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











