परीक्षाका लागि तयारीमा रहन लोकसेवा आयोगको आग्रह
काठमाडौं, भदौ ८ : लोक सेवा आयोगले यसअघि रोकिएका परीक्षा तत्कालै अघि बढाउने भन्दै तयारीमा रहन परीक्षाको तयारी गरिरहेकाहरूलाई आग्रह गरेको छ । लोक...
काठमाडौं, भदौ ८ : लोक सेवा आयोगले यसअघि रोकिएका परीक्षा तत्कालै अघि बढाउने भन्दै तयारीमा रहन परीक्षाको तयारी गरिरहेकाहरूलाई आग्रह गरेको छ ।
लोक सेवा आयोगले विज्ञप्ति निकालेर कर्मचारी समायोजनसम्बन्धी रिटहरूमा सर्वोच्च अदालतको अन्तिम फैसलासँगै अब यसअघि स्थगित परीक्षा तथा नतिजा सार्वजनिक गर्ने काम यथाशीघ्र सुरु गर्ने जनाएको हो ।
विज्ञप्तिमा अदालतको फैसलामा पदपूर्तिसम्बन्धी काम, कारबाही अघि बढाउन मिल्ने गरी आदेश भएका विज्ञापनका परीक्षा कार्यक्रम १५ दिनको सूचना दिएर अघि बढाइने उल्लेख छ ।

प्रकाशित मिति: १९:३७ बजे, बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











