Kathmandu Press

संसद्ले गति लियो : सभामुख सापकोटा

काठमाडौं, भदौं ७ : सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा गतिरोध अन्त्य भई संसद्ले गति लिएको बताएका छन् ।सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको चौतारा...
संसद्ले गति लियो : सभामुख सापकोटा

काठमाडौं, भदौं ७ : सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा गतिरोध अन्त्य भई संसद्ले गति लिएको बताएका छन् ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्याम्पसको २२औँ वार्षिकोत्सव कार्यक्रममा उनले पुनःस्थापित सदनबाट नै विभिन्न विधायक पास हुँदै समस्या समाधान भएको बताएका हुन् ।

उक्त अवसरमा सहभागी वक्ताहरूले चौतारा बहुमुखी क्याम्पस जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गर्नुभएको थियो । क्याम्पसका प्राचार्य नगेन्द्रप्रसाद दंगालले वार्षिक प्रतिवेदन पेश गर्दै क्युएए प्राप्तिको बाटोमा क्याम्पस रहेको उल्लेख गरे ।

उनले पुस्तकालय व्यवस्थापनदेखि अनुसन्धानमूलक कार्य र प्रयोगात्मक शिक्षामा जोड दिँदै जाने बताए । 

प्रकाशित मिति: १८:३२ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्