उपत्यकामा १५२ जनामा कोरोना पुष्टि
काठमाडौं, भदौ ८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १ सय १७, ललितपुरमा २४...
काठमाडौं, भदौ ८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १ सय १७, ललितपुरमा २४ र भक्तपुरमा ११ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ८५ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार १ सय ४८, ललितपुरमा ६ सय ७१ र भक्तपुरमा ६६ जना रहेको मन्त्रालयले जनाएको छ।
बुधबार देशभर ४ सय ८७ जना जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९८ पुगेको छ।
प्रकाशित मिति: १८:३२ बजे, बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











