ओलीसँग विभिन्न देशका राजदूतहरूकाे भेटवार्ता
काठमाडाैं, भदाै ८ : एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र बेलायतका राजदूत तथा अष्ट्रेलिया, स्विट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले...
काठमाडाैं, भदाै ८ : एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र बेलायतका राजदूत तथा अष्ट्रेलिया, स्विट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले भेटवार्ता गरेका छन्।
एमाले पार्टी कार्यालय च्यासलमा भएको भेटमा राजदूतहरुले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधनमा बिषयमा चासो राखेका थिए । सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा त्यसमा अन्तर्राष्ट्रिय स्तर र मान्यतामा ध्यान पुराउनुपर्नेमा उनीहरुकोे चासो र चिन्ता रहेको भेटमा सहभागी एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए।
भेटमा अध्यक्ष ओलीले सवैको चिन्ता र चासोलाई समेटेर सदनबाट उक्त बिधेयक पारित गर्न एमाले प्रतिवद्ध रहेको बताए। तर संसदको अवधि थोरै रहेको अवस्था कसरी पारित गर्ने भन्ने चिन्ता रहेको ओलीले बताउनुभएको नेम्वाङले जानकारी दिए।
भेटवार्तामा अमेरिकी राजदूत र्याण्डि बेरी, वेलायतका राजदूत निकोला पोलिट, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरुहरुका साथै एमालेका उपाध्यक्ष नेम्वाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा.अञ्जान शाक्य सहभागी भएका थिए।











