Kathmandu Press

महाभियोग सिफारिस समितिमा एमालेको फरक मत

काठमाडौं, भदौ ८  :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा तीन बुँदे फरक मत राखेको छ ।आन्तरिक कार्यविधि र कार्यतालिका...
महाभियोग सिफारिस समितिमा एमालेको फरक मत

काठमाडौं, भदौ ८  :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा तीन बुँदे फरक मत राखेको छ ।

आन्तरिक कार्यविधि र कार्यतालिका पारित गर्न बुधबार बसेको बैठकको सुरुमै सिफारिस समितिमा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद विष्णु पौडेलले ३ बुँदे फरक मत राखेका हुन् ।

एमालेले महाभियोग प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा दर्ता भएकामा समितिमा पठाउन ढिलाइ गर्नुको कारण सभामुखसँग माग गर्नुपर्ने बताएको छ ।

त्यस्तै प्रतिनिधिसभा नियमावलीअनुसार महाअभियोगमाथि छानबिनका लागि समितिले ३ महिना समय पाउनुपर्नेमा नपाउने अवस्था आउनुको कारण पनि माग गर्नुपर्ने एमालेको भनाइ छ । 

सभामुखले बेलैमा महाभियोग सिफारिस समितिमा महाअभियोग प्रस्ताव नपठाएका कारण चुनावअघि छानबिनका लागि ३ महिना समय नपाउने अवस्था बनेको एमालेको भनाइ छ । 

एमालेले समितिको प्रतिवेदन संसदमा पेस हुने र निर्णयार्थ पेस हुने सुनिश्चितता पनि माग पनि गरेको छ । 

प्रकाशित मिति: १७:१९ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्