महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग भदौ १५ गते सोधपुछ गर्ने
समितिको आज (बुधबार) बसेकाे बसेको बैठकले प्रधानन्यायाधीश जबरालाई आफ्नो कुरा राख्न भदाै १५ गते बिहान ११ बजे बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए।
काठमाडाैं, भदाै ८ : प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई यही भदाै १५ गते बयानका लागि बाेलाएको छ।
समितिको आज (बुधबार) बसेकाे बसेको बैठकले प्रधानन्यायाधीश जबरालाई आफ्नो कुरा राख्न भदाै १५ गते बिहान ११ बजे बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए।
बैठकले आफ्नो आन्तरिक कार्यविधि र कार्यतालिकासमेत पारित गरेको छ। आन्तरिक कार्यतालिकामा भदौ ९ देखि १२ भदौसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने उल्लेख छ।
समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको बताइएकाे छ।
समितिले तोकिएको समयभन्दा अघि नै प्रतिवेदन प्रतिनिधिसभामा बुझाउने तयारी गरेको छ। आगामी निर्वाचनका लागि असोजदेखि नै प्रक्रिया सुरु हुने भएकाले त्यसअघि नै प्रक्रिया टुङ्गाउनुपर्ने सांसदहरुको भनाइ छ।