थपिए ४८७ कोरोना संक्रमित, एकजनाको मृत्यु
हाल नेपालमा ४ हजार २ सय ९८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं, भदौ ८ : पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ८ सय ६ पिसिआर परिक्षणका क्रममा २ सय ४२ जना र २ हजार ३ सय ७१ एन्टीजेन परिक्षणका क्रममा २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै थप १ सय ६४ जना संक्रमित निको भएका छन्। हाल नेपालमा ४ हजार २ सय ९८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४५ बजे, बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











