Kathmandu Press

कुर्था-जयनगर रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन

काठमाडाैं, भदाै ८ : प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बुधबार...
कुर्था-जयनगर रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन

काठमाडाैं, भदाै ८ : प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ। 

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले  ३५ किलोमिटरको उक्त रेल सेवा सञ्चालका लागि प्रयाप्त ध्यान नपुराउदा अनेकन समस्या देखिएको भन्दै रेल सेवालाई व्यवस्थीत गर्न सरकारलाई निर्देशन दिएको हो। रेल सेवालाई सुधारका लागि आवश्यक जनशक्ति, ममर्त गर्ने वर्कशप, फ्युल सेन्टर स्थापना लगाएतका सम्पूर्ण आवश्यक पूर्वाधार निर्माण गर्न निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिए।

त्यस्तै विद्युतीय रेल सञ्चालनलाई प्राथमिकता दिने गरी रेलमार्गमा आवश्यक विद्युतीय संरचनाहरू निर्माणको कार्य तत्काल सुरु गर्न पनि निर्देशन दिइएको उनले बताए।

त्यस्तै बैठकले नेपालको सवै भन्दा पुरानो र राष्ट्रिय महत्वको पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका क्रममा पूर्व तयारीका काम सकेर मात्र ठेक्का प्रक्रिया अघि बढाउन र नारायणगढ–बुटवल सडक निर्माणमा देखिएका कमीकमजोरी उक्त सडक खण्डमा नदोहोरिनेगरी काम अघि बढाउन निर्देशन दिएको छ भने पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गरिँदा विभिन्न सडक खण्डमा पर्ने वन, वातावरण तथा वन्यजन्तु संरक्षणलाई ध्यान दिन सरकारलाई निर्देशन दिइएको सभापति खड्काले बताए।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले लामो समय रेल सञ्चालन नहुदा कर्मचारी हटाइएको र अहिले कर्मचारी भर्ना गर्न बिधि र प्रक्रिया लामो रहेकाले समस्या देखिएको बताउनुभयो।  उहाले समयमा नै गुणस्तरीय काम नगर्नेको ठेक्का रद्द गर्न कुनै समस्या नरहेको स्पष्ट पारे।

त्यस्तै सांसदहरुले राष्ट्रिय महत्वको आयोजनाहरु निर्माणमा अस्वभाविक ढिलाई भइरहेको भन्दै  गम्भीर बन्न सुझाव दिएका थिए।  

प्रकाशित मिति: १६:१२ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्