गठबन्धनमा एकदुई दिनभित्रै सिट बाँडफाँट टुंगो लाग्छ : देव गुरुङ
काठमाडाैं, भदाै ८ : माओवादी केन्द्र का महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धनमा एकदुई दिनभित्रै सिट बाँडफाँट टुंगो लाग्ने दाबी...
काठमाडाैं, भदाै ८ : माओवादी केन्द्र का महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धनमा एकदुई दिनभित्रै सिट बाँडफाँट टुंगो लाग्ने दाबी गरेका छन्।
रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले अहिले पनि सिट बाँडफाँटका लागि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल चलिरहेको जानकारी दिए।
गुरुङले मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेको संकटलाई सबै दलबीचको सहकार्यले पार लगाउनुपर्नेमा जोड दिए।
महासचिव गुरुङले एमाले पनि विगतका गल्ती कमजोरी पूनर्विचार गर्न तयार भयो भने वाम घटकहरु सहकार्य गरेर जान सकिने तर वाम घटकमा संकीर्णता भने देखिएको बताए।
फरक प्रसंगमा उहाले पार्टीका पदाधिकारी समावेशी नभएको बताए। केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चितता् गरेको भएपनि पदाधिकारीको सवालमा त्यसो हुन नसकेको उनले बताए।
गुरुङले आफ्नो दलमा पर्ने सिटको भागअनुसार सोहीअनुसार उम्मेदवार उठाउने सवालमा मापदण्ड तय गरिने जानकारी दिए।











